काठमाडौं, पुस ६ । मुलुकभर हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । यस्तै राति प्रदेश १, बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
बुधबार पहाडी भेगमा आँशिक बदली रही प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्