जनता टाइम्स

८ पुष २०७८, बिहीबार १६:१४

पर्सामा एमाले अध्यक्ष ओलीलाई १५१ किलोको माला


काठमाडौं, ८ पुस । पर्सामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक सय ५१ किलोको माला लगाइएको छ । नेकपा एमालेको जिल्ला समिति पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताहरुले उहाँलाई १ सय ५१ किलोको माला लगाइदिएका हुन् ।

जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष ओली पर्सा पुग्नुभएको छ । उहाँले विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्दै हुनुहुन्छ ।