जनता टाइम्स

८ पुष २०७८, बिहीबार १६:३३

सिन्धुपाल्चोकमा एमाले प्रवेशको लहर, शेरबहादुर तामाङले भित्र्याए जनमोर्चाका दुई दर्जन नेता–कार्यकर्ता


खाडिचौर, ८ पुस । नेपाल कम्युनिस्ट पार्टि (एमाले) बलेफि गाउंपालिका कमिटिले पुर्बमन्त्री तथा नेकपा एमालेका नव निर्वाचित स्थायी कमिटि सदस्य शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा सपथ ग्रहण तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बलेफि गाउंपालिका उपाध्यक्ष कमला कायस्थ,प्रदेश कमिटि सदस्यहरु डम्बर थापा,बिनोद नेपाल,जिल्ला कमिटि सदस्यहरु डुप छिरिङ तामाङ,निर्मल बन्जारा,कृष्ण क्षेत्री ,प्रेमध्वज लामा,राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरु सपना थापा,टपिन्द्र तिमल्सिना,कार्केल लामा,कमल नेपाल लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

गत कार्तिक ९ गते सम्पन्न सो पालिकाको अधिबेशनबाट अध्यक्ष नारायण काजी श्रेष्ठ उपाध्यक्ष अर्जुन चालिसे,सचिब खिका प्रसाद नेपाल र उप सचिबद्वय साम्देन तामाङ र सुर्य बहादुर खडका लगायत सदस्यहरु निर्बाचित हुनु भएको थियो । बलेफि गाउंपालिकाका अध्यक्ष एबम अध्यक्ष मण्लका अध्यक्ष केदार क्षेत्रीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन अध्यक्ष मण्डलका सदस्य अधिबक्ता रामहरि नेपालले गर्नु भएको थियो ।सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाबाट साधुराम नेपालको नेतृत्वमा करिब २० जना नेकपा एमाले प्रबेश गर्नु भएको थियो ।