जनता टाइम्स

११ पुष २०७८, आईतवार १६:०२

भाइरल बन्यो श्रृंखला खतिवडाको प्रेमीसँग रमाउँदै गरेको तस्विर


काठमाडौं, पुस १० । क्रिसमस बिदाको छेको पारेर नेपाल आइुपग्नु भएकी पूर्वमिस नेपाल श्रृंखला खतिवडा प्रेमी सिसन बानियाँसग रमाउँदै गरेको इन्स्टाग्राम स्टोरी पोस्ट गरेको फोटो भाइरल बनेको छ । चार महिनाअघि हावर्ड विश्वविद्यालयमा अध्ययनलाई गएकी श्रृंखला यसैसाता काठमाडौं आइपुग्नुभएको हो ।

गत बिहीबार हजुरबुबाको पुस्तक बिमोचन कार्यक्रममा भेटिएपछि श्रृंखला नेपाल आइपुगेको खबर सार्वजनिक भएको थियो । मिडिया हाइपबिनै काठमाडौं आइपुगेकी श्रृंखला अहिले साथीभाइ र पारिवारिक भेटमा व्यस्त देखिनुभएको छ । सोही क्रममा उहाँले प्रेमी सिसन बानियाँसग रमाउँदै गरेको इन्स्टाग्राम स्टोरी पोस्ट गरेपछि भाइरल बनेको हो ।

डिनर डेटमा श्रृंखला प्रेमीसँग हर्षित भावमा देखिनुभएको छ । श्रृंखला अमेरिका गएपछि सिसनको सम्बन्ध गायिका त्रिशला गुरुङसँग गाँसिएको हल्ला थियो । तर, बिहीवारको दुवै जनाको उक्त डिनर डेटले उक्त हल्लालाई खण्डन गरेको छ । श्रृंखला र सिसन केहीवर्षदेखि सम्बन्धमा रहेका छन ।