काठमाडौं, १३ पुस। १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज कुवेतसँग खेल्दैछ ।समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतसँग खेल्न लागेको हो ।
नेपाल पहिलो खेलमा नेपाल बङ्गलादेशसँग तथा दोस्रो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो ।
यूएईमा बिहान सवा ११ बजे हुने खेलमा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । समूह बी मा रहेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह बी बाट बङ्गलादेश र श्रीलङ्का तथा समूह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।













प्रतिक्रिया दिनुहोस्