जनता टाइम्स

१६ असार २०७६, सोमबार १५:५३

टेनिस प्रतियोगितामा सहभागी हुन राप्रपा अध्यक्ष थापा भुटान प्रस्थान


काठमाडौं, असार १६

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा टेनिस प्रतियोगितामा सहभागी हुन आज भुटानतर्फ प्रस्थान गर्नुभएको छ । भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गर्ने ५औँ भारत–भुटान मैत्री टेनिस प्रतियोगितामा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।मङ्गलबारदेखि शुरु हुने उक्त प्रतियोगितामा सहभागी भई उहाँ यही असार २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष थापाले उक्त प्रतियोगितामा मुलुकको प्रतिष्ठा उचाइमा पुर्याउन आफूले भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिनुभयो । फुटबलको राष्ट्रिय खेलाडिसमेत रहनुभएका अध्यक्ष थापा यसअघि अलइण्डिया लङ टेनिस एशोसिएशनले भारतमा आयोजना गरेको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा प्रथम हुनुभएको पार्टीले जनाएको छ ।