जनता टाइम्स

१६ असार २०७६, सोमबार १५:५८

क्लिनफिल्डबाट सरकारलाई पछि हटाउन आइफा अवार्डको लफडा : निर्णयमा छैन पैसा दिने कुरा


आइफालाई १ अर्ब दिने निर्णय भयो भन्ने सुनेको छु, मैले मन्त्रिपरिषदको निर्णयको पाना पल्टाएर हेरेको छु । जम्मा एउटा वाक्य छ त्यसमा, आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने । त्यहाँ एक रुपैयाँ पनि दिने अनुमति भएको छैन

 

काठमाडौं, असार १६

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बिज्ञापन ऐनमार्फत क्लिनफिल्ड लागू गर्ने दृढ संकल्पसहित संसदमा बिद्येयक दर्ता गरेपछि सरकारबिरुद्ध लागेको बिदेसी एजेण्टको योजनामा आइफा अवाडएको लफडा निकालिएको तथ्य खुलासा भएको छ ।

सरकार क्लिनफिल्डबाट पछि नहटने प्रष्ट जानकारी पाएपछि नेपालमा हुन लागेको भारतीय चलचित्र महोत्साव (आइफा) अवार्डमा अर्वौै खर्च गर्न लाग्यो भन्दै लफडा मच्चएको पाइएको हो । संसदमा बिचाराधिन रहेको बिज्ञापन बिद्येयकमा रहेको क्लिनफिल्ड हटाउन भातरीय दुतावासले खुलेरै नेपालका केही राजनीतिक नेता र केवल सञ्चालकहरुमार्फत दवाव दिइरहेको छ । क्लिनफिल्ड रोक्न नसक्ने देखिएपछि भारतीयकै योजनामा आइफाको लफडा निकालिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अर्वाडका लागि सरकारले एक रुपैयाँ पनि नदिएको प्रष्ट पारेपछि आइफाको नाममा क्लिनफिल्ड फिर्ता गराउने षडयन्त्र छताछुल्ल भएको हो । केही दिनयता सरकारले भारतीय चललिच महोत्सव, आइफा अवार्डका लागि झण्डै एक अर्व भन्दा बढी रकम खर्च गर्ने निर्णय गरेको भन्दै सत्तारुढ तथा बिपक्षी दलका नेताहरुले नै आरोप लगाएपछि सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री बाँस्कोटाले सरकारले एक रुपैया पनि नदिएको प्रष्ट पार्नुभएको हो ।

चलचित्र विकास बोर्डको १९ औं वाषिर्कोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘आइफालाई १ अर्ब दिने निर्णय भयो भन्ने सुनेको छु, मैले मन्त्रिपरिषदको निर्णयको पाना पल्टाएर हेरेको छु । जम्मा एउटा वाक्य छ त्यसमा, आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने । त्यहाँ एक रुपैयाँ पनि दिने अनुमति भएको छैन ।’

मन्त्री बाँस्कोटाको यो जानकारीसँगै सरकारबिरुद्ध लागेको समुहको मुखुण्डो उदांगो भएको छ । सरकारले आइफा अवार्ड गर्न स्वीकृति दिने भन्ने कुरालाई सरकारबिरुद्ध जनता भडकाउने योजनाका साथ अफवाह फैलाइएको पाइएको हो ।