जनता टाइम्स

१६ असार २०७६, सोमबार १६:२२

मुख्यमन्त्रीको कार्यालयले भन्यो : प्रदेश ३ को स्थायी राजधानी हेटौंडा भन्ने समाचार झुटो हो


हेटौंडा, असार १६

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा हुन्छ भन्ने शब्द कहिल्यै नबोलेको प्रष्ट पार्नुभएको छ । केही समय यता प्रदेश ३ को राजधानी हेटौंडा नै हुन्छ, ढुक्क हुनोस भन्दै बिभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि मुख्यमन्त्री कार्यालयले पौडेलले सो प्रष्टिकरण दिएको हो ।

मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले आज बिज्ञप्ती नै जारी गरी मुख्यमज्न्त्री पौडेलले हेटौंडा राजधानी हुन्छ भनेर ककँही कतै नभनेको प्रष्ट पार्नुभएको छ ।

‘असार १५ गते बिभिन्न सञ्चार माध्यममा ३ नम्बर प्रदेशका माननीय मुख्यमन्त्री डोरमणि पौडेलज्यू र माननीइ सभामुख सानुकुमार श्रेष्ठज्यूलाई जोडेर ‘मुख्यमन्त्री र सभामुखको एउटै स्वर : हेटौंडा नै स्थायी राजधानी’ शीर्षकको समाचारप्रति स्वकीइ सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा प्रकाशित बिषयबस्तुको बारेमा सो समयमा कोही सञ्चारकर्मीसँग भेट वा अन्य कुनै कार्यक्रममा समेत सहभागी नभएको जानकारी गराइन्छ, तसर्थ राज्यको चौथो अंगका रुपमा रहेको सञ्चार क्षेत्रले यस्ता भ्रामक समाचार प्रकाशन र प्रशारण गर्दा नकारात्मक सन्देश प्रवाह हुन जानेभएकोले सत्य तथ्य जानकारी लिएर मात्र समाचार प्रकाशन र प्रशारण गर्न अनुरोध छ,’ मुख्यमन्त्री कार्यालयको बिज्ञप्तीमा भनिएको छ ।