काठमाडौं, पुस १८ । नेकपा (एमाले) बागमती प्रदेश कार्यालयमा दोलखा च्यामेबाट जनयुद्ध लडेका अर्जुन महत र नेपालि काँग्रेसका तिर्थ खड्का नेकपा एमाले प्रवेश गर्नुभएको छ । नेकपा एमाले पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले नवप्रवेशीहरुलाई खादा र अबिर लगाएर पार्टीमा प्रवेश गराउनुभएको हो ।
पार्टी प्रवेश कार्यक्रममा नेता अर्जुन महतले भन्नुभयो ,” पार्टीमा विधि र पद्धतिको विकास नभएको पार्टी छोडेको हु । मैले पार्टीको लागि एक्लो भएर लडे, आज पार्टीले वास्ता गरेन । जिम्मेवारी दिदा योगदान र त्यागको मूल्यांकन नगरेकोले आज नेकपा एमालेमा समाहित भएको छु । अब गाउँलाई एमालेमय बनाउने मेरो जिम्मेवारी हो । तर पार्टीले गरेको कामको योगदान गर्नुपर्छ ।”














प्रतिक्रिया दिनुहोस्