जनता टाइम्स

२२ पुष २०७८, बिहीबार १५:२६

कजाकस्तानमा मूल्य वृद्धिको विरोधमा उत्रिएका दर्जनौं प्रदशनकारी मारिए


कजाकस्तान, २२ पुस । कजाकस्तानमा दर्जनौं सरकारविरोधी प्रदर्शनकारी मारिएका छन् । अलमेटी सहरमा रहेको एउटा प्रहरी स्टेसन नियन्त्रण गर्न पुगेका प्रदर्शनकारीलाई प्रहरीले गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो ।

यसअघि एलपी ग्यासको मूल्य बृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको दोहोरो झडपमा आठ सुरक्षाकर्मी मारिएका थिए ।