काठमाडौं, २२ पुस । तेलको मूल्यवृद्धिको विरोधमा सुरु भएको कजाकस्तानको सरकारविरोधी प्रदर्शनले राजनीतिक मुद्धामा प्रवेश गरेपछि रुसी सेना परिचालन गरिएको छ ।
कजाक राष्ट्रपति कासिम–जोमार्ट तोकायेवको आग्रहमा रुसी सैनिक परिचालन गरिएको हो ।राष्ट्रपति तोकायेवले देशको अवस्था बिग्रिँदै गएको जनाउदै सामूहिक सुरक्षा सन्धी सीएसटीओसँग सहयोग मागेपछि सैनिक परिचालन गरिएको छ ।
सीएसटीओ रुससहित पूर्व सोभियत संघका ६ देशको एउटा सैन्य संगठन हो ।राष्ट्रपति तोकायेवले विदेशमा तालिम प्राप्त प्रदर्शनकारीबाट प्रदर्शन भएको जिकिर गर्दै रुसी सैनिक परिचालन भएसँगै देशभर निषेध आदेश तथा कर्फ्यू जारी गरिएको बताएका छन् ।













प्रतिक्रिया दिनुहोस्