जनता टाइम्स

२३ पुष २०७८, शुक्रबार ०८:०६

भारतमा दैनिक थपिने संक्रमितको संख्या एक लाख माथि पुग्यो


काठमाडौँ, २३ पुस । भारतमा कोरोना संक्रमित थपिने दैनिक संख्या एक लाख माथि पुगेको छ।ओल्डोमिटरको विवरणअनुसार पछिल्लो केही महिना यता भारतमा थपिएको यो संख्या हालसम्मकै सर्वाधिक हो ।पछिल्लो २४ घण्टामा मात्र भारतमा एक लाख १४ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको छ।यही अवधिमा १६ हजार ९७२ जना निको भएका छन् भने ३५ जना संक्रमितको मृत्यु भएको छ ।अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या ३ लाख ८१ हजार नाघेको छ ।