जनता टाइम्स

१७ असार २०७६, मंगलवार ०८:०७

बझाङमा सर्पको टोकाइबाट एक जनाको ज्यान गयो


बझाङ , १७ असार । बझाङको मष्टा गाउँपालिकामा सर्पको टोकाइबाट पवन रोकायाको ज्यान गएको छ ।

जिल्लाको केदारसिंह गाउँपालिकाको देउरा बजारको अरुण होटलमा सुतेका बेला सर्पले टोकेर रोकायाको ज्यान गएको हो ।

दिदीदाई घर पुर्‍याएर फर्कने क्रममा राति होटलमा सुतेका बेला बिहान मंगलबार ३ बजेतिर सर्पले टोकेको र उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा रोकायाको ज्यान गएको प्रहरीले जनाएको छ ।