काठमाडौं, २३ पुस । नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाउनुभएको छ । काठमाडौंको मुलपानीमा आज आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौनको भन्दै प्रश्न गर्नुभयो ।
‘हामी सरकारमा हुँदा निर्मला निर्मला भनेर अनुसन्धानमा अवरोध गरेका थिए, प्रहरीलाई अनुसन्धानमा व्यवधान गरे’, उहाँले भन्नुभयो,अहिले कांग्रेसको नेतृत्वको सरकार किन मौन बसेको छ ।’ ११ साउन २०७५ मा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मला फेला परेकी थिइन् ।













प्रतिक्रिया दिनुहोस्