जनता टाइम्स

२३ पुष २०७८, शुक्रबार १५:०६

एमाले तेह्रथुम अधिवेशन : अध्यक्षमा तिवारी र कन्दङवाको उम्मेदवारी घोषणा


तेह्रथुम, २३ पुस । नेकपा एमाले तेह्रथुमको ११ औं अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा लछुमन तिवारी र तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गर्नुभएको छ । जिल्ला अध्यक्ष तथा निर्वाचन क्षेत्र क का प्रदेश संसद तिवारी र निर्वाचन क्षेत्र ख का प्रदेश संसद कन्दङवाले जिल्ला अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । ६ वटै पालिकाहरु सर्वसहमत नेतृत्व चयन गरेको एमाले तेह्रथुम जिल्ला अधिवेशनमा दुई जनाको दाबेदारी देखिएको हो ।

जिल्ला अध्यक्षसमेत रहनुभएको तिवारी प्रदेश १ को पूर्व उद्योग वन तथा वातावरण मन्त्रीसमेत हुनुहुन्थ्यो । त्यस्तै कन्दङवा पनि पूर्व जिल्ला अध्यक्ष हो । सहमतिमै नेतृत्व चयनका लागि प्रयास भइरहेका बेला उहाँहरुले उम्मेदवारी घोषणा गर्नुभएको हो । सर्वसम्मत नयाँ कमिटी चयन गर्नेगरी प्रयास भइरहेको प्रचार विभाग प्रमुख तथा कार्यालय सदस्य छत्र रिमालले बताउनुभयो ।