जनता टाइम्स

१७ असार २०७६, मंगलवार ०८:५०

सुन प्रकरणमा आरोपी छुटाउन आदेश दिने न्यायाधीश सिंह बर्खास्त


काठमाडौं, असार १७

सुन तस्करी प्रकरणमा मुछिएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंह सेवाबाट बर्खास्त भएका छन्। न्यायपरिषद्ले उच्च अदालत विराटनगरकै अर्का न्यायाधीश थीरबहादुर कार्की र साधुराम सापकोटोको कार्यसम्पादन प्रक्रियालाई लिएर दुई बर्षसम्म बढुवा रोक्काको निर्णय गरेको छ।

सिंह सोमबारदेखि नै पदमुक्त भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षातामा सोमबार साँझ बसेको परिषद् बैठकले सिंहलाई बर्खास्त गर्ने निर्णय लिएको हो। सिंह सोमबारदेखि पदमुक्त भएका छन्। परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बर्खास्त र भम्भीर रुपमा सचेत गराएको जानकारी गराए। यी न्यायाधीशलाई सातदिन भित्र स्पष्टिकरण पेस गर्न भनिइको थियो।