जनता टाइम्स

२४ पुष २०७८, शनिबार १६:२४

यसकारण एमालेमा समाहित भए राजेन्द्र लिङदेन र मोहन वैद्यको पार्टीबाट निर्वाचित वडाध्यक्षसहित सवै नेता–कार्यकर्ता


काभ्रे पुस २४ । नेकपा माओवादीबाट अलग भई गठन भएको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट निर्वाचित एक मात्र वडाध्यक्षसहित सवै नेता–कार्यकर्ता एमालेमा समाहित भएका छन । रोशी गाउँपालिका वडा नम्बर ४ का सबै नेता–कार्यकर्ता कमिटीको बैठकबाटै निर्णय गरी एमालेमा समाहित भएका हुन । एमाले काभ्रेको जिल्ला अधिवेशनको उदघाटन समारोहमा उनीहरु एमालेमा समाहित भएका हुन ।

गत २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा वैद्य नेतृत्वको देशभक्त जनतान्त्रिक मोर्चाबाट चुनाव लडेर वडाध्यक्ष जित्नुभएका तेजवहादुर राना मगर र महिला वडा सदस्य गोपीमाया थापा मगरसहितका ७६ जना नेता कार्यकर्ता रहनुभएको छ । वडाध्यक्षसहित नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो । एमाले प्रवेश गरेपछि उहाँहरुले पुस १० गते गाउँ कमिटीको भेला आयोजना गरेर एमालेमा प्रवेश गर्ने सामुहिक निर्णय लिएको जानकारी दिनुभयो ।

बैठकले एमालेमा सामहित हुने निर्णयसँगै क्रान्तिकारी माओवादीका काभ्रे जिल्ला सदस्य ज्ञानवहादुर राना मगर र आशिष राना मगरलाई एमालेको जिल्ला कमिटीमा समायोजन गर्ने प्रस्ताव समेत पारित गरेको थियो । यसरी एमालेमा समाहित हुनेमा वडाध्यक्ष मगरसहित महिला वडा सदस्य गोपीमाया मगर, आशिष राना मगर, ज्ञानबहादुर राना मगर, साइला तामाङ नरबहादुर थापा मगर, कर्णबहादुर थापा मगरसहित ७५ जना नेता–कार्यकर्ता रहेका छन ।

शुक्रवारै रोशी गाउँपालिका वडा नम्बर १ र ३ बाट निर्वाचित राप्रपाका वडाध्यक्षहरु श्रीनिवास लामा र धनजीत लामा पनि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरुसँगै राप्रपा जिल्ला अध्यक्ष टुल्कु लामासहितको जिल्ला समिति एमालेमा समाहित भएको थियो । नवप्रवेसी राप्रपा र बैद्यका नेताहरुले राजनेता केपी शर्मा ओलीको भिजन र नेकपा एमालेको नीतिबाट मात्रै मुलुकको मुहार फर्न सकिने तथ्यले प्रमाणित गरिसकेको कारण आफूहरुले एमाले रोजेको बताउनु भएको छ ।