खोटाङ, पुस २५ । नेकपा एमाले खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल चयन हुनुभएको छ । शनिबार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट दंगाल सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो ।
नेकपा एमाले जिल्ला कमिटीको १० वैशाखदेखि १४ वैसाख २०७२ मा सम्पन्न छैठौं अधिवेशनबाट निर्वाचित अध्यक्ष बबी चाम्लिङ नेकपा एकीकृत समाजवादीमा लागेपछि जिल्ला कमिटीबाट अध्यक्षमा मनोनीत दंगाल अधिवेशनमार्फत पुनः अध्यक्ष बन्नुभएको हो ।
अधिवेशनबाट जिल्ला कमिटीको उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमारप्रसाद आचार्य, उपसचिवमा सुरेन्द्रकुमार राई र दिपनारायण रिजाल चयन हुनुभएको छ । अधिवेशनले ७५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।
‘सत्तालिप्साले जन्माएको गठबन्धनविरुद्ध एक होऔं, विकास, संवृद्धि र अग्रगतिका लागि सबै एमाले एक बनौं’ भन्ने नारासहित शुक्रबार सुरु भएको अधिवेशन प्रमुख सचेतक एवं पोलिटब्यूरो सदस्य भट्टराईले उद्घाटन गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्