जनता टाइम्स

२७ पुष २०७८, मंगलवार ०८:०८

विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड नाघ्यो


काठमाडौँ, पुस २७ । विश्वभर कोरोनाका कूल संक्रमितको संख्या ३१ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा १८ लाख ७८ हजार ७१४ जना कोरोना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ३१ करोड ४ लाख ४० हजार पुगेको हो ।

तीमध्ये २६ करोड ४ लाख एक हजार जना निको भएका छन् भने ५५ लाख ११ हजारको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थपिने संक्रमितमा अमेरिकामा ४ लाख ९७ हजार, भारतमा एक लाख ६१ हजार, बेलायतमा एक लाख ४२ हजार र इटलीमा एक लाख एक हजार छन् । त्यसैगरी स्पेनमा ९७ हजार, फ्रान्समा ९३ हजार, अर्जेन्टिनमा ८८ हजार र टर्कीमा ६५ हजार थपिएका छन् ।

मृत्यु हुनेमा अमेरिकामा ८१५, रुसमा ७४१, फ्रान्समा २८०, इटलीमा २२७, जर्मनीमा १७५, टर्कीमा १४१, ब्राजिलमा १११ र बेलायतमा ७७ जना छन् ।

कोरोनामुक्त हुनेमा अमेरिकामा एक लाख २३ हजार, बेलायतमा ७७ हजार, फ्रान्समा ७२ हजार, भाररतमा ५५ हजार, टर्कीमा ३८ हजार, जर्मनीमा ३२ हजार र रुसमा १९ हजार छन् ।