जनता टाइम्स

२७ पुष २०७८, मंगलवार १९:११

नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने


काठमाडौं, २७ पुस । नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने भएको छ । टर्नपाइकको आयोजना तथा राष्ट्रिय बास्केटबल संघ (निबा) को सहकार्यमा नेपालमा पहिलोपटक राष्ट्रव्यापी बास्केटबल लिग हुने आज विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

स्थापनाकालदेखि खेलकुदको विकासमा निरन्तर योगदान गर्दै आएको टर्नपाइकले यसअघि राष्ट्रिय फुटसल लिगको आयोजना गरेको थियो । फ्रन्चाइज–कम–क्लब मोडलमा खेलाइने लिगमा विभिन्न जिल्लाका ८ टोलीको सहभागिता रहनेछ । यद्यपि आयोजकले प्रतियोगिताको मिति भने सार्वजनिक गरेको छैन ।