जनता टाइम्स

२७ पुष २०७८, मंगलवार १९:५२

दिल्लीमा आज २१ हजार २५९ मा देखियो कोरोना, भारतमा १ लाख ६८ हजार बढीमा संक्रमण, २७७ को मृत्यु


काठमाडौं, २७ पुस । भारतको दिल्लीमा पछिल्लो २४ घण्टामा २१ हजार २५९ जनामा कोरोना संक्रमण देखिएको छ । दिल्ली सरकारको तर्फबाट जारी गरिएको बुलेटिनमा सो समयमा २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ ।

राजधानीमा कूल सक्रिय संक्रमितको संख्या ७४ हजार ८८१ रहेको छ । पोजेटिभिटी दर बढेर २५।६५ पुगेको छ । भारतमा आज १ लाख ६८ हजार भन्दा धेरैलाई कोरोना संक्रमण भएको थियो भने २७७ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।