जनता टाइम्स

२८ पुष २०७८, बुधबार ०७:३५

एमाले सुर्खेतको अध्यक्षमा बिसी निर्वाचित


सुर्खेत, पुस २८ । नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृतकुमार बिसी निर्वाचित हुनुभएको छ । मंगलबार राती भएको मतगणनाको अन्तिम परिणामअनुसार प्रत्यासी डण्डी शर्मालाई हराउँदै बिसी अध्यक्षमा विजयी हुनुभएको हो ।

बिसीले ३६८ मत ल्याउँदा शर्माले २६७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलवहादुर नेपाली विजयी हुनुभएको छ ।