जनता टाइम्स

२ माघ २०७८, आईतवार ०८:०५

भारतीय क्रिकेट टोलीका कप्तान विराटले कप्तानीबाट राजीनामा दिए


नयाँदिल्ली, २ माघ । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले कप्तानीबाट राजीनामा दिएका छन् । दक्षिण अफ्रिका सिरिजमा लज्जास्पद हारपछि विराटले राजीनामा घोषणा गरेका हुन् ।शनिबार उनले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

विराटले आफूलाई कप्तानको रुपमा विश्वास गरेकोमा पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई धन्यवादसमेत दिएका छन् । साथै टोलीका सबै खेलाडीलाई उनले धन्यवाद दिए ।उनले आफूले खेलसहित हरेक काममा १२० प्रतिशत मेहनत लगाउने गरेको पनि आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् । कोहलीलाई यसअघि दक्षिण अफ्रि टेस्ट सिरिजअघि नै वान डेको कप्तानीबाट हटाइएको थियो ।विराटले टिमलाई सही दिशामा बढाउन ७ वर्षसम्म आफूले हरेक दिन कठिन मेहनत गरेको बताएका छन् ।

साथै यस क्रममा आफूले इमानदारी साथ काम गरेको र यसमा कुनै कसर बाँकी नराखेको उनको भनाइ छ ।टिमलाई सही दिशामा लैजानका लागि मैले ७ वर्षसम्म हरेक दिन कठिन परिश्रम गरें ।

मैले आफ्नो काम पूर्ण इमानदारीसाथ गरें । यसमा कुनै कसर छोडिनँ । म सधैँ हरेक चिजमा १२० प्रतिशत योगदान दिन चाहन्छु, विराटले विज्ञप्तिमा भनेका छन् ।यस्तै उनले आफ्नो टोलीलाई कहिल्यै धोका दिन नसक्ने पनि विज्ञप्तिका उल्लेख गरेका छन् । साथै उनले भारतीय क्रिकेट बोर्डलाई पनि धन्यवाद दिएका छन् ।

आफूलाई टिमको नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा उनले धन्यवाद दिएका थिए । विराटलाई यसअघि दक्षिण अफ्रिका सिरिजअघि नै वान डे कप्तानबाट हटाइएको थियो ।