जनता टाइम्स

२ माघ २०७८, आईतवार १८:३१

माघ १५ सम्म भौतिक उपस्थितिमा हुने सबै कार्यक्रम स्थगित गर्ने अनेरास्ववियुको निर्णय


काठमाडौं, माघ २ । नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक उपस्थितिमा गरिने सवै कार्यक्रम स्थगित गरेको छ । आज बसेको पदाधिकारी बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म भौतिक उपस्थितिमा हुने सवै कार्यक्रम स्थगित गर्ने उक्त निर्णय गरेको हो ।

बैठकपछि अध्यक्ष सुनिता बरालले दिनुभएको जानकारीअनुसार कोरोना संक्रमण तीव्ररूपमा बढिरहेकाले सरकारद्वारा जारी स्वास्थ्यसम्बन्धी निर्देशनलाई ध्यान दिँदै केन्द्रीय कमिटी र मातहतका सबै कमिटीहरूको २५ जनाभन्दा बढीको भौतिक उपस्थितिमा हुने भेला तथा कार्यक्रम माघ १५ सम्मलाई स्थगित गरिएको हो ।

यो अवधिमा प्रविधिको उच्चतम प्रयोग गरी भर्चुअल माध्यमबाट सञ्चालन गर्ने/गराउने निर्णय पनि अनेरास्ववियुले गरेको छ । बैठकले शैक्षिक आन्दोलनका एजेण्डालाई निरन्तर अघि बढाउने निर्णय समेत गरेको छ ।