जनता टाइम्स

३ माघ २०७८, सोमबार ११:४१

२३ वर्षीया आरती एमाले सुनसरी जिल्ला सदस्यमा निर्वाचित


सुनसरी, माघ ३ । नेकपा एमाले सुनसरीको जिल्ला सदस्यमा २३ वर्षीया आरती भट्टराई निर्वाचित हुनुभएको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा केन्द्रीय कमिटीमा सक्रिय भट्टराई एमाले सुनसरीको बराहक्षेत्र नगरपालिका भूगोलबाट निर्वाचित हुनुभएको हो ।

उहाँ ९०२ मतका साथ निर्वाचित हुनुभयो । बराहक्षेत्रबाटै नन्दकुमारी राई जिल्ला सदस्यमा निर्वाचित हुनुभयो । भट्टराई अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य समेत हुनुहुन्छ । सानै उमेरदेखि राजनीतिमा लाग्नुभएका भट्टराई अखिलमा समेत निकै लोकप्रिय नेतृ हुनुहुन्छ ।