जनता टाइम्स

३ माघ २०७८, सोमबार १८:०२

प्रदेश २ ले टुंगायो नाम र प्रदेशको राजधानी


जनकपुर, माघ ३ । प्रदेश २ ले आफ्नो नाम र राजधानीको टुंगो लगाएको छ । प्रदेशसभाको आज बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको हो ।

प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो । १०४ सदस्यीय प्रदेशसभामा आज भएको मतदानमा ९९ मत खसेको थियो । यसअघि आजै बसेको प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो ।