जनकपुरधाम, माघ ४ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य सरोज यादवले पार्टी परित्याग गर्नुभएको छ । महोत्तरीको औरही नगरपालिका घर भएका यादवले फेसबुकमार्फत नेकपा एस परित्यागको घोषणा गर्नुभएको हो ।
पार्टी नयाँ बन्यो तर नयाँपन केही नदेखिएपछि छाडेको उहाँले बताउनुभयो । नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकीकरणपछि बनेको नेकपाकालमा उनी महोत्तरी सचिव हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्