जनता टाइम्स

५ माघ २०७८, बुधबार ०७:३५

विश्वभर एकैदिन साढे २८ लाखमा कोरोना संक्रमण, ७ हजारको मृत्यु


काठमाडौं, माघ ५ । विश्वभर कोरोना संक्रमण तिव्ररुपमा फैलिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले विश्वभर दैनिक ३० लाख नजिकको संख्यामा संक्रमित थपिने गरेका छन् । आज (बुधवार) मात्र २८ लाख ५२ हजार कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै फ्रान्समा ४ लाख ६४ हजार थपिएका छन् ।त्यसैगरी अमेरिकामा ४ लाख ३२ हजार, इटलीमा २ लाख २८ हजार, ब्राजिलमा एक लाख ३२ हजार, अर्जेन्टिमा एक लाख २० हजार र बेलायतमा ९४ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो एक दिनमा १५ लाख ६३ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन् भने ७ हजार ६४० संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा अमेरिकामा एक हजार ४४३, रुसमा ६८८, बेलायतमा ४३८, फ्रान्समा ३७५ र ब्राजिलमा ३१७ जना रहेका छन् ।

निको हुनेमा इटलीमा २ लाख २० हजार, फ्रान्समा दुई लाख ७ हजार, बेलायतमा एक लाख १९ हजार, अर्जेन्टिनामा एक लाख दुई हजार, अमेरिकामा ९३ हजार र टर्कीमा ७७ हजार छन् ।