जनता टाइम्स

५ माघ २०७८, बुधबार १६:३८

सार्वजनिक कार्यक्रममा सतर्कता नगरेकै कारण आफू संक्रमित भएको भन्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माद्वारा आत्मालोचना


काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कोरोना संक्रमित हुनुभएको छ । आठ महिनापछि फेरि सपरिवार संक्रमित भएको शर्माले जानकारी दिनुभयो । सार्वजनिक कार्यक्रममा सतर्कता नगरेकै कारण आफू संक्रमित भएको भन्दै उहाँले आत्मालोचना गर्नुभएको छ ।

कोरोना लक्षणले ग्रस्तपछि नख्खुस्थित मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा परिवारका सबैको पोजेटिभ रिपोर्ट आएको शर्माले बताउनुभयो । उहाँले एक सातासम्म आइसोलेसनमा रहने र त्यसपछि पुनः काममा फर्कने बताउनुभएको छ । चिकित्सक परामर्शमा औषधि लिइरहेको उहाँको भनाइ छ ।