जनता टाइम्स

६ माघ २०७८, बिहीबार १५:०७

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा बन्यो एमाले–लोसपा गठबन्धन


धनुषा, माघ ६ । यही माघ १२ गते सम्पन्न हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन गर्ने सहमति भएको छ । दुई दलबीच आज यस्तो सहमति भएको हो ।

सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउने भएका छन ।

बिहीबार भएको सहमतिमा एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सयुंक्त हस्ताक्षर गर्नुभएको छ । राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ पाच दलीय गठबन्धनबीच सहमति भइसकेको छ ।