जनता टाइम्स

१८ असार २०७६, बुधबार ०८:१८

अर्जेन्टिनालाई हराउदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा


काठमाडौं, असार १८

अर्जेन्टिनालाई स्तब्ध बनाउन आयोजक ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको सेमिफाइनलमा ब्राजिलले अर्जेन्टिनालाई दुई शुन्य गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

ब्राजिलका लागि ग्याब्रियल जिसस र रोबर्टो फिरमिनोले गरेका हुन् । ब्राजिलले अर्जेन्टिनाविरूद्ध पहिलो अग्रता खेलको १९ औं मिनेटमा अग्रता लिएको थियो। ब्राजिलका लागि सो गोल ग्याब्रियल जिससले गरेका थिए। पहिलो हाफमा एक शुन्यले अगाडी रहेको ब्राजिलले दोस्रो हाफमा अर्को गोल गरेको थियो । खेलको ७१ औं मिनेटमा रोबर्टो फिरमिनोले गरेका हुन ।

ब्राजिलले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै प्रतियोगितामा कुनै गोल नखाएको सिलसिला कायम नै राख्यो ।ब्राजिल सन् २०१२ पछि पहिलो पटक फाइनलमा पुगेको हो । ब्राजिलले अब उपाधिका लागि शुक्रबार हुने पेरु र चिलीविचको विजेतासँग आइतवार खेल्नेछ ।