जनता टाइम्स

७ माघ २०७८, शुक्रबार १७:०८

त्यो कुराप्रति एमालेको गम्भीर असहमति छ : महासचिव पोखरेल


काठमाडौं, माघ ७ । नेकपा एमालेको महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले अर्ली इलेक्सनप्रति असहमती नराखेको बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै नेता पोखरेलले पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश एमालेको चाहना बताउनुभएको हो ।

महासचिव पोखरेलले स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाउने कुरा भने एमालेलाई स्वीकार्य नहुने बटमलाइन सुनाउनु भएको छ । विभिन्न वाहानामा स्थानीय तहको समयमै नगर्ने र स्थानीय तहलाई रिक्त बनाएर दुरुपयोग गर्ने पाँच दलीय गठबन्धनप्रति एमाले सहमत हुन नसक्ने पोखरेलको भनाइ छ ।

‘नेकपा (एमाले)को असहमती अर्लि इलेक्सनप्रति होइन । पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश त नेकपा९एमाले०को चाहना नै हो । तर विभिन्न वहनामा स्थानिय चुनाव समयमै नगर्ने र स्थानिय तह रिक्त बनाउदै दुरुपयोग गर्ने पाँचदलिय गठवन्धनको कुनियत प्रति भने नेकपा (एमाले) को गम्भीर असहमती रहेको छ,’ पोखरेलको भनाई छ ।