जनता टाइम्स

७ माघ २०७८, शुक्रबार २२:१८

कोरोना कहरमा यौन जीवनबारे जान्नैपर्ने १६ रोचक तथ्य


काठमाडौं, ७ माघ । विश्व यतिबेला कोरोना महामारीको चपेटामा छ । कोरोना सङ्क्रमणको दर घटबढ भइरहेका कारण विश्व स्वास्थ्य संगठनदेखि विभिन्न निकायले स्वास्थ्य सावधानी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिरहेका छन् । कोरोना महामारी सुरु भएपछि मानिसहरूको यौन जीवनमा पनि नराम्रो प्रभाव पर्यो । एक अर्काबीचको दुरी कायम गर्नुपर्ने भएकाले यौन जीवनमाथि प्रभाव परेको बताइएको छ ।

विभिन्न अध्ययनहरूले कोरोनाको जोखिमका कारण दम्पत्ति र कपलहरूबीच यौन सम्बन्धलाई लिएर विभिन्न प्रश्नहरू उठेको र अब कसरी यौन जीवनलाई राम्रो बनाउने भन्ने जस्ता प्रश्नहरू उठेको पाइयो । जसले गर्दा उनीहरूको यौन जीवनलाई नराम्रोसँग प्रभावित बनेको अनुमान गर्न सकिन्छ । कोरोनाका कारण कतिपय श्रीमान श्रीमतिसँगै बस्न नपाएको र कपलहरूबीचपनि भेटघाट हुन नसकेको अवस्थामा उनीहरूको यौन जीवनलाई नराम्रोसँग प्रभावित बनाएको देखिन्छ ।

यौन भनेको मानव स्वास्थ्यका लागि अत्यावश्यक हो । कारण, यौन सबैको चासोको विषय पनि हो । त्यसैले यौनसँग सम्बन्धित विषयहरुमा सबैको रुची हुन्छ । तर, कोरोनाका कारण यौन जीवन प्रभावित हुँदा रुचीको विषय हुँदाहुँदै पनि यौन स्वास्थ्य सम्बन्धी विभिन्न मानविय गुण तथा व्यवहार र यथार्थ तथ्यको बारेमा धेरै जानकारी हुँदैन । पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाउने क्रम बढ्दै गएको छ भने जनजीवन पनि सामान्य बन्दै गएको छ ।

जसका कारण अब विस्तारै यौन जीवन सामान्य बन्ने देखिन्छ । अहिलेपनि चिकित्सकहरूले यौन सम्पर्क गर्न चाहनेहरूलाई स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह आग्रह गरेको छ । पिसिआर परीक्षण गर्ने, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको अवस्थामा आइसोलेट हुने र त्यो समयमा यौन सम्बन्ध नराख्ने जस्ता कुरामा ध्यान दिनु चिकित्सकहरूले आग्रह गरेका छन् ।

त्यतिमात्रै होइन, अमेरिकाको किन्से इन्स्टिच्यूटले सन् २०२० मा अमेरिका, भारत, इटली, टर्की, ब्राजिल लगायतका मुलुकमा गरेको अध्ययन अनुसार कोरोना महामारीका कारण मानिसहरूले आफ्नो यौनिइच्छा दवाउँदा उनीहरूमा तनाव उत्पन्न हुने, डिप्रेशनमा जाने, भावनात्मक रुपले कमजोर हुने क्रम बढेको छ । दुनियाँमा जन्म, मृत्यु जस्तै यौन पनि साश्वत सत्य हो । सृष्टि चक्र सञ्चालनका लागि यो अनिवार्य सर्त हो । यौन स्वास्थ्यको विषय मानिसले उमेर पुगेसँगै आफै जान्ने तथा सिक्ने विषय पनि हो ।

यौन स्वास्थ्यका बारेमा केही यथार्थ तथ्यहरु

१. सम्भोगले मानिसले पीडा सहनसक्ने क्षमता बढाउँछ । सम्भोगको चरम सुखका बेला शरीरमा उत्सर्जन हुने हर्मोनले पीडा कम गर्दछ र पीडा सहने सीमा पनि बढाइदिन्छ ।

२. एक स्वस्थ पुरुषले एक हप्तामा यति धेरै शुक्रकिट स्खलन गर्न सक्छ कि त्यसले विश्वका सबै महिलालाई गर्भाधारण गर्न पुग्छ ।

३. पुरुषको यौनाङ्गबाट विर्य बाहिर निस्किएसँगै विर्यमा रहेका शुक्रकिट बाहिरी वातावरणमा केही समयमात्र बाँच्न सक्छन् । यदि विर्य महिलाको योनीभित्र प्रवेश गर्यो भने तीनदेखि पाँच दिनसम्म बाँच्न सक्छन् ।

४. सम्भोग गरेलगत्तै पिसाब फेर्न गाह्रो हुन्छ र पिसाब निकाल्नै कठिन हुन्छ । सम्भोगका बेला शरीरमा एन्टि ड्युरेटिक अर्थात् पिसाब प्रतिरोधी हर्मोन निस्किएको हुन्छ जसले पिसाबको प्रवाह रोकिदिएको हुन्छ । त्यसको असर सम्भोगको सत्र सकिएको केही समयसम्म पनि रहिरहन्छ ।

५. सम्भोगका बेला पुरै चरम आनन्द प्राप्त भएको क्षणमा महिलाको स्तनको आकार सामान्य भन्दा २५ प्रतिशतसम्मले बढ्ने गर्दछ ।

६. सम्भोग तनाव निवारक औषधि पनि हो । सेक्सको बेला उत्सर्जन हुने रिल्याक्सिँग हर्मोनका कारण ब्लडप्रेसर कम हुन्छ र मूड पनि राम्रो हुन्छ । त्यसैले सम्भोगले टाउको दुखेको तथा तनाव जस्ता कुरा शान्त गरिदिन्छ । अध्ययन अनुसार हप्तामा कम्तिमा पनि तीन पटक सम्भोग गर्ने मानिसहरुमा बुढोपनाले छिटै सताउने समस्या कम हुन्छ ।

७. सम्भोगका बेला विर्यमा रहेका लाखौँ शुक्रकिट महिलाको यौनाङ्ग हुँदै पाठेघरसम्म पुग्छन् । विर्यमा लाखौँ शुक्रकिट हुने भएपनि केवल एउटा शुक्रकिटले मात्र डिम्बसँग मिल्ने मौका पाउँछ । डिम्ब र शुक्रकिटको मिलनपछि गर्भाधारण हुन्छ र भ्रुणको विकास हुन थाल्छ । पाठेघरमा पुगेका अरु शुक्रकिट सोही डिम्बको वरीपरी जम्मा हुन्छन् । डिम्बको वरीपरी शुक्रकिटको थुप्रो देखिनुको अर्थ के हुन्छ भने त्यहाँ भित्र शुक्रकिट र डिम्बबीच मिलन भएको छ अर्थात् गर्भाधारण भइसकेको छ ।

८. अक्जिटोसिन हर्मोनले सम्भोगका बेला महिलालाई मात्र प्रभावित गर्ने मान्यता यसअघि थियो । तर, पछिल्लो अध्ययनले के देखाएको छ भने यो हर्मोनले महिला र पुरुष दुवैमा यौनिक सक्रियता बढाउँछ र पुरुषमा सम्भोगका बेला आत्मविश्वास वृद्धि गर्छ ।

९. टेस्टेस्टेरोन पुरुषको सेक्स हर्मोन हो । तर, यदि पुरुषको शरीरमा उच्च मात्रामा यो हर्मोनको उत्पादन भयो भने त्यसको असर नकारात्मक हुन्छ । शरीरमा उच्च टेस्टेस्टेरोन उत्पादन भएमा पुरुषमा सेक्सको इच्छा कम हुन्छ, उसले विवाहबाट आफ्नो अपमान भएको सम्झिन्छ जसका कारण उसको वैवाहिक र यौन जिवन बिथोलिन्छ ।

१०. विश्वमा सेक्सका बेला मानिसको मृत्यु हुने गरेका विभिन्न घटना आउने गर्छन् । खासगरी बढी मदिरा सेवन गर्ने, असन्तुलित भोजन गर्ने, कलेजोका रोगी तथा परस्त्रीसँग सम्बन्ध गाँसेका पुरुषहरु सेक्सका दौरान प्राणत्याग गर्ने जोखिम बढी हुन्छ ।

११. पुरुषहरुमा जोखिम मोलेर सेक्स गर्ने रुची बढी हुन्छ । प्रत्येक २० जनामध्ये एक पुरुष असामान्य व्यवहार गर्दै सेक्स गर्न आनन्द मान्छन् । पुरुषहरु सेक्सको मामिलामा सामाजिक बन्धन तोड्न तयार हुन्छन् ।

१२. साहिली औँलाको लम्बाइले पुरुषको लिंगको लम्बाइको बारेमा अनुमान गर्न सकिन्छ ।

१३. पारिवारिक अवस्थाले पुरुषको सेक्स हर्मोन टेस्टेस्टेरोनलाई प्रभावित गर्छ ।

१४. खानपानले मानिसको सेक्सको क्षमतामा सबैभन्दा धेरै असर पार्छ ।

१५. विश्वमा सबैभन्दा बढी गर्भनिरोधक चक्कीको प्रयोग १५ देखि २५ वर्ष उमेर समूहका महिलाहरुले गर्ने गर्छन् । किनकी यो उमेर समूहमा सबैभन्दा बढी असुरक्षित यौन सम्पर्क हुने गर्छ ।

१६. श्रीमतीले आफ्नो यौन समस्या तुरुन्तै श्रीमानलाई भन्ने गर्छन् भने श्रीमानले आफूमा रहेको यौन समस्या लुकाएर राख्ने गर्छन् । (बीबीसी )