जनता टाइम्स

२० भाद्र २०८३, शनिबार २१:०८

बाढीपीडितका लागि अक्सिडेन्टल स्कुलको साढे दुई लाख सहयोग


काठमाडौं, भदौ २० । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काठमाडौँको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले दुई लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको प्रिन्सिपल टेकबहादुर पौडेलले जानकारी दिनुभयो। विद्यालयका शिक्षक, कर्मचारी तथा समग्र शिक्षालयको सामूहिक सहभागितामा रकम संकलन गरिएको पौडेलले बताउनु भयो ।

विद्यालयका निर्देशक डीबी निरौलाका अनुसार प्राकृतिक विपद्का कारण नागरिकको जनजीवन प्रभावित भइरहेका बेला शिक्षालयको तर्फबाट आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै सहयोग गरिएको हो । विपद्को समयमा सहयोग गर्नु मानवीय दायित्व भएको निरौलाको भनाई छ ।