जनता टाइम्स

९ माघ २०७८, आईतवार ०९:५१

अफगानिस्तानमा बम विस्फोट, सात जनाको ज्यान गयो



काठमाडौं, ९ माघ ।अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा सात जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् ।

एउटा भ्यानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बम विस्फोट कसले गरायो भन्नेबारे खुलेको छैन ।

अफगानिस्तानमा तालिबानले सत्ता चलाउन थालेपछि यस्ता घटना इस्लामिक स्टेट आईएसले गराउँदै आएको मानिन्छ ।

घटनाको अनुसन्धान हुने तालिबानले जनाएको छ ।