जनता टाइम्स

९ माघ २०७८, आईतवार १३:००

साउदीमा सामाजिक सञ्जालमा आधारहीन अफवाह फैलाउनलाई पाँच वर्ष जेल


रियाद, ९ माघ । सामाजिक सञ्जालमा आधारहीन अफवाह फैलाउने व्यक्तिलाई पाँच वर्ष जेल सजाय तोकिने साउदी सरकारले चेतावनी दिएको छ । रियादमा एउटा कन्सर्ट रद्द भएपछि घर जाने क्रममा युवतीहरुमाथि यौन दुव्र्यवहार भएको विवरण सार्वजनिक भइरहेका बेला सरकारको सो चेतावनी आएको हो । राजधानी रियादनजिकै १४ फेब्रुबरीमा आयोजना गर्ने भनिएको एउटा कन्सर्ट मौसमका कारण अन्तिम समयमा रद्द गरिएको थियो ।

कार्यक्रम रद्द भएपछि सयौं युवायुवती निराश मुद्रमा कार्यक्रम स्थलबाट बाहिरिएका थिए । घर फर्किने क्रममा केही महिला हराएका र केहीमाथि यौन दुव्र्यवहारको धम्की दिइएको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । उनीहरुमाथि वास्तवमै दुव्र्यवहार भए नभएको विषय अझै प्रष्ट हुन सकेको छैन् ।

महिलाहरुको सो गुनासो पछि समाजिक सञ्जालमा अफवाह फैलाउनेलाई जेल हाल्ने सरकारले बताएको हो । कतिपयले महिलामाथि दुव्र्यवहार नभएको र प्रतिकूल मौसमका कारण कार्यक्रम रद्द गरिएको भन्दै आयोजकको प्रशंसा गरेका छन् । यसैबीच, साउदी मनोरन्जन निकायकी प्रमुख तुर्की अल शेखले ऋंखलाबद्ध ट्विट गर्दै महिलामाथि दुव्र्यवहार भएका विवरण गलत भएको बताएका छन् ।