जनता टाइम्स

९ माघ २०७८, आईतवार १३:३३

सरकारलाई ओलीको प्रश्न : २४ लाख डोज खोप कसले लुकायो वा बेच्यो ?


काठमाडौँ,९ माघ । नेकपा एमालेले कोरोनाविद्धको २४ लाख डोज खोप कहाँ गयो भन्दै जवाफ मागेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक विज्ञप्ति जारी गर्दै कहाँ गयो यति धेरै मात्राको खोप ? भन्दै प्रश्न गर्नुभएको छ ।

‘कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ? एकातिर यति धेरै मात्रा खोप गायव पारिएकोछ भने कर्कातिर भण्डारणमा भएको खोपको सही वितरण हुन नसक्दा हजारौं नागरिकहरु खोपबाट बञ्चित छन्’, विज्ञप्तिमा भनिएको छ।

सिरिन्ज र आधारभुत औषधि सिटामोलसमेत उपलब्ध गराउन नसक्नु सरकारको गैरजिम्मेवारीपन भएको एमालेले बताएको छ। सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेर जनस्वास्थ्यको विषयमाथि खेलवाड गरेको पनि एमालेको आरोप छ।