जनता टाइम्स

१० माघ २०७८, सोमबार १३:४७

पाकिस्तानले पायो सर्वोच्चमा पहिलो महिला न्यायाधीश, तर देशभरका वकिलको विरोध


इस्लामाबाद, १० माघ । पाकिस्तानमा पहिलो पटकमा सर्बोच्च अदालतमा महिला न्यायाधीश नियुक्त हुनुभएको छ । न्यायाधीश आयसा मलिकले आज सर्वोच्च आदलतको न्यायाधीशको सपथ खाएर इतिहास रच्नुभएको हो । बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो ।

आयोगका पाँच सदस्यमध्ये चार जनाले उनको पक्षमा मतदान गरेका थिए । सर्वोच्चका प्रधानन्यायाधीश गुल्झर अहमेदले आजै मलिकलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको छ । मलिकलाई सर्वोच्चको न्यायाधीश हुन त्यति सहज वातावरण थिएन् । किनकी उहाँको प्रमोसनमा देशभरका वकिलहरुले विरोध गरेका थिए ।

वरिष्ठताका हिसावले उहाँ लाहोर उच्च न्यायालयको चौथो वरियतामा हुनुहुन्थ्यो । मलिकको नियुक्तिको विरोधमा पाकिस्तान वार काउन्सीलले पनि आन्दोलन घोषणा गरेको थियो । सर्वोच्चका १७ न्यायाधीशमध्ये अगस्टमा एक जना न्यायाधीशले सेवानिवृत्त पाएपछि एउटा सिट रिक्त थियो ।