जनता टाइम्स

११ माघ २०७८, मंगलवार १४:४९

उत्तर कोरियाले पूर्वी सागरमा हान्यो मिसाइल


सोल, ११ माघ । उत्तर कोरियाले आज विहान दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले पूर्वी तटिय क्षेत्रबाट समुन्द्रमा दुईवटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

उत्तर कोरियाले आज विहान क्रुज मिसाइल प्रहार गरेको र त्यसलाई राष्ट्रसंघले प्रतिबन्ध नगरेको अलजजीरामा समाचार छ। जनवरी महिना सुरु भए यता मात्र उत्तर कोरियाले आधा दर्जन क्षेप्यास्त्र प्रहार गरिसकेको छ।