जनता टाइम्स

११ माघ २०७८, मंगलवार १५:०६

अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गर्नेलाई एमालेले दियो धन्यवाद


काठमाडौं, ११ माघ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाभ गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले धन्यवाद ज्ञापन गरेको हो ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीद्धारा हस्ताक्षतिर विज्ञप्तिमा भनिएको छ,‘हाम्रो पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली कोभिड संक्रमणका कारण विगत ४ दिनदेखि आफ्नै निवास भक्तपुर, बालकोटमा आराम गरिरहनुभएको छ । ‘

उहाँको स्वास्थ्यवस्था सामान्य रहेको छ । विज्ञप्तिमा लेखिएको छ,‘अध्यक्ष कमरेडको स्वास्थ्यअवस्थाप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका सबै दिदिबहिनी तथा दाजुभाईहरुलाई हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’