जनता टाइम्स

१३ माघ २०७८, बिहीबार १७:१३

गिरिराजमणिलाई कोरोना संक्रमण


महोत्तरी, १३ माघ । माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । आज बिहान एण्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ ।

पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए । एण्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उहाँ महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहनुभएको छ । यसअघि पनि नेता पोखरेललाई कोरोना पोजेटिभ भएको थियो ।