जनता टाइम्स

१६ माघ २०७८, आईतवार ११:१८

गठबन्धनले साझा उम्मेदवार छनौट गर्न नसकेपछि इटालीमा ८० वर्षीय म्याटरेल्ला फेरि राष्ट्रपति


रोम, १६ माघ । इटालीका राष्ट्रपति सर्जीओ म्याटरेल्ला दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको छ । गठबन्धन पार्टीले साझा उम्मेदवार चयन गर्न नसकेपछि ८० वर्षीय म्याटरेल्ला विकल्पहीन नेता बन्नुभएको हो । यसअघि दोस्रो कार्यलका लागि राष्ट्रपति नबन्ने उहाँले घोषणा गर्नुभएको थियो ।

तर, इटालीको स्थिरताका लागि प्रधानमन्त्री मारियो ड्रागीले उम्मेदवारी दिन उहाँलाई कर गर्नुभएको थियो । आठौं चरणको निर्वाचनपछि उहाँ हिजो औपचारिक रुपमा नै विजयी हुनुभएको हो । देशले सामाना गरेको स्वास्थ्य र आर्थिक चुनौतिलाई मनन गर्दा आफूले ‘उत्तरदायित्वको चेतना’ बोध गरेको उहाँले बताउनुभयो ।

संबैधानिक अदालतका पूर्वन्यायाधीशसमेत रहेका उहाँले भन्नुभयो,‘मेरा व्यक्तिगत छनौट भन्दा देशका लागि सेवा बढी महत्वपूर्ण हुन्छ ।’ राष्ट्रपतिमा पुनः विजयी भएकोमा प्रधानमन्त्री ड्राघीले म्याटरेल्लाको प्रशंसा गर्दै उहाँको विजयलाई ‘इटालीका लागि उत्कृष्ट समाचार’ बताउनुभएको छ ।