जनता टाइम्स

१८ असार २०७६, बुधबार १६:५३

लोकसेवाको युवाको आकर्षण : ९ हजार पदमा साढे चार लाखको प्रतिष्पर्धा


काठमाडौं, असार १८

स्थानीय तहका ९ हजार १६१ पदका लागि करिव साढे चार लाखले फारम भरेका छन् । मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म ४ लाख ४१ हजार १४१ जनाले फाराम भरेका हुन् ।

खुलातर्फ चार लाख ३४ हजार ७६४, महिला एक लाख तीन हजार ५६७, जनजाति ४३ हजार ३२६, मधेशी २४ हजार ९०, दलित तीन हजार ९१ र अपाङ्ग १४६ र पिछडिएका ११६ ले आवेदन दिएको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिनुभयो । ५१५ स्थानीय तहका लागि नौ हजार १६१ कर्मचारी माग गर्दै आयोगले गत जेठ १५ देखि असार १७ गतेसम्म आवेदन माग गरेको थियो ।

आयोगका अनुसार आवेदनबाट १४ करोड चार लाख ११ हजार १५० राजश्व सङ्कलन भएको छ । आयोगले स्थानीय तहको कर्मचारीको पदपूर्तिका लागि साउनको पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने जनाएको छ । सर्वोच्च अदालतले गत सोमबार विज्ञापनसम्बन्धी परेको रिटमा सुनवाइ गर्दै आयोगलाई परीक्षा सञ्चालन गर्न आदेश दिएको थियो ।