जनता टाइम्स

१८ माघ २०७८, मंगलवार १३:०४

क्यानडाका प्रधानमन्त्री जस्टिनलाई कोभिड पोजेटिभ


ओटावा, १८ माघ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ भएको छ । ‘आज विहान मलाइ कोभिड–१९ भएको छ । मैले आनन्द अनुभूति गरेको छु । यो साता सार्वजनिक स्वास्थ्य निर्देशिका अबलम्बन गरेर टाढै बसेर मैले निरन्तर काम गर्नेछु,’ सोमबार ट्रुडोले ट्विट गर्नुभएको छ ।

उहाँले सबै जनालाई कोभिडविरुद्धको खोप लगाउनसमेत आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीले कोभिडविरुद्ध खोप लगाइ सकेका छन् । उहाँले यही ४ जनवरीमा बुस्टर डोज लगाएका थिए ।