जनता टाइम्स

२० माघ २०७८, बिहीबार १९:०१

दक्षिण कोरिया पहिलो पटक महिला एसिया कपको फाइनलमा


काठमाडौं, २० माघ । फिलिपिन्सलाई २–० अन्तरले पराजित गर्दै दक्षिण कोरिया भारतमा जारी एएफसी महिला एसियन कप–२०२२ को फाइनलमा प्रवेश गरेको छ ।

आज मुम्बईमा भएको खेलमा दक्षिण कोरियालाई जिताउन चो सो ह्युन र सन ह्वा येओनले एक–एक गोल गर्नुभयो ।

पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको फिलिपिन्स भने कोरियाविरुद्ध फिक्का रह्यो । अब, उपाधिका लागि कोरियाले चीन र जापानबीचको विजेतासँग खेल्नेछ ।