जनता टाइम्स

२८ माघ २०७८, शुक्रबार १९:४६

ओमानमाथि नेपालको शानदार जित


काठमाडौ, माघ २८। चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक ओमान माथि ६ विकेटको जित हात पारेको छ । अल अमेरात क्रिकेट ग्राउन्डमा १ सय ३६ रनको लक्ष्य नेपालले निर्धारित २० ओभरको ३ बल बाकी छदा ४ विकेट गुमाएर पुरा गर्यो ।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन जोड्नुभयो ।

दिपेन्द्रले ५३ बल खेल्दा ८ चौका र एक छक्का प्रहार गर्नुभयो । दिपेन्द्रको टी–ट्वान्टीमा सर्वाधिक रन हो । यस अघि उहाँले ६० रन बनाउनुभएको थियो । आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदिप ऐरीले ४ रन तथा शरद भेषावकरले जोड्नुभयो । ओमानका कलिमुल्लाहले २ विकेट लिनुभयो । खवार अलीले १ विकेट हात पार्नुभयो। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन जोड्यो । ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रनको योगदान गर्नुभयो ।

९ दशमबल ३ ओभरमा ४ विकेट गुमाएर ५८ रन बनाएको ओमानको इनिङ्स उकास्न जिसन र मोहमदले पाँचौ विकेटका लागि ६१ रनको साझेदारी गर्नुभयो। जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन बनाउनुभयो । नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिनुभयो । कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखले एक–एक विकेट हात पार्नुभयो ।