जनता टाइम्स

२ फाल्गुन २०७८, सोमबार १५:५३

नेपालले आयरल्यान्डविरुद्ध बलिङ गर्ने


काठमाडौं, २ फागनु । ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ । अल अमेरात क्रिकेट मैदानमा टस जितेर नेपालले टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

नेपाल र आयरल्यान्डबीचको खेल सिरिजको अन्तिम खेल पनि हो । यसै खेलले सिरिज विजेताको टुंगो समेत लगाउने छ । अहिले तीन मध्ये २ खेलमा जित हात पार्दै युएईले सर्वाधिक चार अंक जोडेको छ ।

यता एक–एक खेलमा जित हात पारेको आयरल्यान्ड, ओमान र नेपाल समान दुई–दुई अंकसहित नेट रनरेटको आधारमा क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । ओमानले भने तीन खेल खेलिसकेको छ ।