जनता टाइम्स

५ फाल्गुन २०७८, बिहीबार ०६:५८

आज बिहीबार यि ६ काम गर्दा मिल्छ शुभफल


काठमाडौं, फागुन ५ । ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ।

बिहीबार के के गर्ने ?
१। सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस्।

२। केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस्।

३। पहेँलो वस्तु दान गर्नुहोस्।

४। भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस्।

५। केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस्।

६। केरा दान गर्नुहोस्।