काठमाडौं, फागुन ५ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला फुटबल प्रमुख प्रशिक्षक हरि खड्का दोषी ठहर हुनुभएको छ । प्रहरी सेवामा छँदा ‘नक्कली प्रमाणपत्र पेस गरी बढुवा भएको’ आरोपमा अख्तियार दुरुपयोग आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा खडका दोषी ठहर हुनुभएको छ ।
बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि खडकाले पेस गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो । खड्कालाई अदालतले ५ हजार जरिवाना तोकेको रजिष्ट्रार अशोक क्षेत्रीले बताउनु भयो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड सदस्यसमेत रहेका खड्का महानगरीय प्रहरी गण नं २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिषण केन्द्र (केन्द्रीय खेलकुद समिति) मा प्रहरी नायव निरीक्षकका रुपमा कार्यरत रहँदा शैक्षिक योग्यता ुआईएुको प्रमाणपत्र नक्कली पेस गरेको अदालतले ठहर गरेको हो ।
खडकाले भारतको उत्तरप्रदेशबाट जारी भएको शैक्षिक योग्यता (आईए) को झुट्टा प्रमाणपत्र पेस गरी २०५५ कात्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तानसमेत रहेका खड्का पुरुष टिमको लागि सर्वाधिक गोलकर्ता पनि हुन् ।
उहाँसँगै निराजन रायमाझीले अन्तर्राष्ट्रिय प्रतियोगितामा १३–१३ गोल गरेका छन् । चर्चित् फरवार्ड खड्काले प्रशिक्षक र व्यवस्थापकको रुपमा केही वर्ष पुलिस टिम सम्हालेपछि प्रहरी सेवाबाट पेन्सन पाक्न लागेको अवस्थामा राजीनामा दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्