जनता टाइम्स

५ फाल्गुन २०७८, बिहीबार १९:५९

एमसीसीबारे सहमति जुटेन, दलहरु आ-आफ्नै अडानमा


काठमाडौं, फागुन ५ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे सहमति खोज्न बसेको सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए ।

सत्ता गठबन्धनमा कांग्रेस एमसिसी टेबल गर्ने पक्षमा उभिएको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी भने विपक्षमा उभिएको थियो।यस्तै बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको थियो। थप निर्णय गर्न भोलि बिहान १० बजे पुन: बैठक बस्ने एक नेताले बताउनुभयो ।

बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई सहभागी थिए।